मंगलबार, फाल्गुन २७ २०८१    
Galaxy Khabar
SKIP THIS

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन २७ २०८१
  • वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त

    काठमाडौँ । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    उनको कार्यकाल दुई वर्षको हुनेछ । डा. शर्मा वीर अस्पतालमै कार्यरत थिए । कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको थियो ।

    कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार