मंगलबार, फाल्गुन २७ २०८१    

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन २७ २०८१
  • प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए।

    बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसको सबै तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।

    प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलले भने प्रधानमन्त्रीको सम्बोधनका विषयमा औपचारिक जानकारी नभएका कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन् ।

    प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको बताएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार