
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद्मा दिएको अभिव्यक्तिलाई सत्तारुढ नेपाली कांग्रेसले सराहना गरेको छ।
प्रचण्डले राखेको अभिव्यक्तिलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीको तर्फबाट समर्थन गरेका हुन्।
संसद्मा प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रबारे राखेका धारणाको समर्थन गरेका हुन्। साथै उनले व्यवस्था जोगाउन र थप सुदृढ गर्दै जाने कांग्रेसको पोजिशन पनि स्पष्ट पारे।
‘प्रमुख प्रतिपक्षी दलका नेताले राख्नुभएको अभिव्यक्ति सुन्ने मौका मैले पाएँ। नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति विपक्षी दलका नेताले राखेको अभिव्यत्तिको म कांग्रेसको तर्फबाट सराहना गर्न चाहन्छु’, उनले भने, ‘साथै संविधानको रक्षा गर्दै अहिलेको व्यवस्थालाई जोगाउन र थप सुदृढ गर्ने पार्टीको पोजिशन पनि राख्न चाहन्छु।’
प्रचण्डले अहिलेको सरकारका कारण जनतामा असन्तुष्टि पैदा भएको भनेर दिएको अभिव्यक्तिमा भने थापाले असन्तुष्टि जनाएका छन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
