बुधबार, फाल्गुन २८ २०८१    
Galaxy Khabar
SKIP THIS

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

  • GalaxyKhabar

    बुधबार, फाल्गुन २८ २०८१
  • मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।

    सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

    पछिल्लो समय प्रतिनिधि सभा दिउँसो १ बजे बस्दै आइरहेको थियो। बुधबार भने बिहान ११ बजेलाई नै बैठक तय गरिएको थियो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार