बुधबार, फाल्गुन २८ २०८१    
Galaxy Khabar
SKIP THIS

एनसेलले अब २०२५ भित्रै थ्रीजी बन्द गर्ने

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, फाल्गुन २८ २०८१
  • एनसेलले अब २०२५ भित्रै थ्रीजी बन्द गर्ने

    काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने घोषणा गरेका हुन् ।

    नेपाल आर्थिक पत्रकार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उनले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रीजी बन्द भइसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गरेर नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताए ।

    उनले अहिले पनि झन्डै ३३ लाख सेट टूजी प्रविधि मात्रै चल्ने रहेकाले नयाँ प्रविधिलाई अघि बढाउन ती सेटहरू बाधक रहेको बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार