
काठमाडौँ । काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको एक यात्रुबाहक बसको सिटमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।
घोडाघोडी समितिको यात्रुबाहक बस (प्रदेश ३-०१-००५ ख ९५४२) मा अन्दाजी ५०/५५ वर्षीय एक पुरुष बेहोस सिटमा बेहोस अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीका अनुसार बेहोस अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल रुकुम (पूर्व) रुकुमकोट पुर्याइए पनि चिकित्सकहरूले उनलाई बुधबार दिउँसो १२:२० बजे मृत घोषणा गरेका हुन् ।
बी१ नम्बरको सिटमा बसेका ती व्यक्तिलाई बसमा सवार अन्य यात्रुहरूले अचेत अवस्थामा देखेपछि चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका आफन्तहरू सम्पर्कमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
