बिहिबार, फाल्गुन २९ २०८१    
Galaxy Khabar
SKIP THIS

सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन्- सत्यको जित भयो, न्याय प्रणालीमाथिको विश्वास झन् बढेको छ

  • GalaxyKhabar Desk

    बिहिबार, फाल्गुन २९ २०८१
  • सर्वोच्चको फैसलापछि तोसिमाले लेखिन्- सत्यको जित भयो, न्याय प्रणालीमाथिको विश्वास झन् बढेको छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सत्यको जित भएको बताएकी छन् ।

    प्रतिनिधि सभा सदस्यमा उनको उम्मेदवारी खारेजीसम्बन्धमा निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले आफ्नो पक्षमा फैसला आएको भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन् ।

    प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    कार्कीले सञ्जालमा लेखेकी छन्, ‘अन्ततः सत्यको जित भएको छ । यो जित सँगसँगै लाभको पदको परिभाषा पनि स्थापित भएको छ ।’

    साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।

    हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय नै बदर गरिदिएको छ ।

    आफू संघीय संसद पदको उम्मेदवारको लागि योग्य ठहर रहेको अदालतको फैसला आएपछि कार्कीले न्याय प्रणाली माथिको विश्वास झन् बलियो भएको बताएकी हुन् ।

    ‘सुरुवाती दिनदेखि नै नयाँ युवा राजनीतिमा आउन खोज्दा रोक्न छेक्न खोजिएकोमा अन्ततः अदालतले स्थापित गरेको छ । हामीलाई अदालत माथि विश्वास थियो र यस सँगै हाम्रो न्याय प्रणाली माथिको विश्वास झन् बलियो भएको छ’ उनले भनेकी छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार