
काठमाडौं । पछिल्लो समय राजावादीहरु सलबलाएपछि समाजवादी मोर्चा नेपालले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज (शुक्रबार) बिहान बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय गरेको हो ।
यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
त्यस्तै, मोर्चाले पछिल्लो राजनीतिक परिस्थितिबारे शनिबार नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने भएको छ।
भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल र नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी थिए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
