शुक्रबार, फाल्गुन ३० २०८१    
Galaxy Khabar
SKIP THIS

विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन ३० २०८१
  • विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ

    काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।

    कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    झापाको दमक नगरपालिका–१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    त्यस्तै चितवनको कालिका नगरपालिका–८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेटसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका–९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् ।

    प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा प्र०६–००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम सहित रूकुम पश्‍चिम आठबिसकोट नगरपालिका–१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार