शुक्रबार, फाल्गुन ३० २०८१    
Galaxy Khabar
SKIP THIS

वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हरायो

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन ३० २०८१
  • वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हरायो

    काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

    हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले ३ बलअघि ४ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले ४७, पूजा महतोले नटआउट २० रन बनाइन् । हङकङकी इमा लाई र कौर महेकदीपले १/१ विकेट लिए । नेपालका दुई जना खेलाडी रन आउट भए ।

    यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनायो । हङकङकी शानजीन शाहजादले ५४ रन बनाइन् । नेपालकी राजमैती ऐरीले ३, कप्तान इन्दु बर्माले २ विकेट लिए ।

    प्रतियोगिताको समूह चरणमा नेपालले ६ खेलमा २ वटा जितेको छ । अब नेपालले तेस्रो स्थानमा लागि पर्सि आइतवार प्लेअफ खेल्नेछ । यस्तै अहिले भइरहेको युगान्डा र नामिबियाबीचको खेलपछि शीर्ष २ मा रहेर फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

    नेपाल हिजो युगान्डासँग ४० रनले पराजित भएको थियो । यसअघिको भेटमा भने नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको थियो । प्रतियोगिताको फाइनल खेल पनि आइतवार नै हुनेछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार