शुक्रबार, फाल्गुन ३० २०८१    

सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु दुई करोड ७६ लाख सङ्कलन

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, फाल्गुन ३० २०८१
  • सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु दुई करोड ७६ लाख सङ्कलन

    काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु दुई करोड ७६ लाख सङ्कलन भएको छ ।

    हरिवन नगरपालिका–९ दनुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो ।

    रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यक पर्ने संयोजक थापाले बताएका छन्। रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । उक्त महायत्रबाट रु दुुई करोड ७६ लाख सङ्कलन भएको थियो ।

    महायज्ञमा हरिवन नगरपालिकाले रु ५६ लाख सहयोग गरेको छ । जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए ।

    सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार