आइतबार, चैत्र २ २०८१    

दक्षिण अमेरिकामा अचानक भयानक आँधी आउँदा कम्तिमा २० जनाको मृत्यु

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २ २०८१
  • दक्षिण अमेरिकामा अचानक भयानक आँधी आउँदा कम्तिमा २० जनाको मृत्यु

    दक्षिण अमेरिकामा भयानक आँधी आएको छ ।

    आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो धनजनको क्षति पुर्‍याएको हो । आँधीका कारण कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ ।

    टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

    ट्र्याकर पावरआउटेजका अनुसार ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन । यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् ।

    मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार