आइतबार, चैत्र २ २०८१    

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २ २०८१
  • प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

    काठमाडौँ । हटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।

    बमलाई चितवन प्रहरीको सहयोगमा आज भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

    शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको थियो । राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए।

    प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार