आइतबार, चैत्र २ २०८१    
Galaxy Khabar
SKIP THIS

परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २ २०८१
  • परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने बताएका छन् ।

    नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको बताए । उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे।

    सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि सङ्कल्पका साथ अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको उल्लेख गरे । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने उनले बताए ।

    यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको पनि बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार