आइतबार, चैत्र २ २०८१    
Galaxy Khabar
SKIP THIS

भव्य बन्यो कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ (फोटोफिचरसहित)

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र २ २०८१
  • भव्य बन्यो कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ (फोटोफिचरसहित)

    बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको प्रमुख आतिथ्यमा कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मुख्यमन्त्री लामाले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्यांकन गरे। उनले शिक्षाको महत्त्वमा जोड दिँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गरे।

    यसैगरी कार्यक्रमका सभापति कौटिल्य ग्लोबल स्कूल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिहरू बारे जानकारी गराए। विशिष्ट अतिथि बागमती प्रदेश सभा सदस्य सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताए।

    यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कूलका प्राचार्य बिडि निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले मुख्यमन्त्री बाहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा एकीकृत उपभोक्ता समितीका अध्यक्ष उज्ज्वल केसी,पूर्व अरनिको यातायात समितीका अध्यक्ष केदार क्षेत्री र नेपाली काङ्ग्रेसका यूवा नेता अर्जुन पराजुली लगाएतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाइ प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा बिज्ञान प्रदर्शनी ,पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो।

    कार्यक्रममा उल्लेख्य मात्रामा बिद्यार्थी भाइबहिनी र अभिभावकको सहभागी रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका डाइरेक्टर टि. एन. भट्ट विश्वामित्रले गरेका थिए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार