सोमबार, चैत्र ३ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रहरीले आजबाट नयाँ आईजी पाउँदै, प्रधानमन्त्री ओलीले बोलाए क्याबिनेट बैठक

  • GalaxyKhabar

    सोमबार, चैत्र ३ २०८१
  • प्रहरीले आजबाट नयाँ आईजी पाउँदै, प्रधानमन्त्री ओलीले बोलाए क्याबिनेट बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

    बैठकले नयाँ आईजीपी नियुक्ति गर्ने सम्भावना रहेको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।

    स्रोतका अनुसार थापा नयाँ आईजीपी बन्ने लगभग सहमति भइसकेको बुझिन्छ ।

    नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

    उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुने गरी ३१ औँ आईजी नियुक्त गर्दैछ ।

    नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी वसन्तबहादुर कुवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको बताईएको छ । उनीहरू प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुन लागेका हुन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार