सोमबार, चैत्र ३ २०८१    
Galaxy Khabar
SKIP THIS

महोत्तरीमा करिब ५ सय ४७ किलो गाँजासहित एक जना पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र ३ २०८१
  • महोत्तरीमा करिब ५ सय ४७ किलो गाँजासहित एक जना पक्राउ

    महोत्तरी । बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलो ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घरका हाल काठमाडौँ टोखा डेरा गरी बस्ने ३७ वर्षीय सलिन मगर छन् ।

    इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सलिनले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारिएको थियो ।

    घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार