
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले नै यौन व्यवसाय चलाउने दिन आउन लागेको हो ? भन्दै प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले अघिल्लो दिन (आइतबार) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।
घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनीय मान्यता दिनुपर्ने बताएका थिए । सो धारणाको विषयमा प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले प्रश्न उठाएका हुन् ।
‘उनले भने, ‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ, एउटा जिम्मेवार सरकारको माननीयज्यूले, कोठी सरकारले नै चलाउने दिन आउन लागेको त होइन ?’
उनले यस्ता दिनका लागि राजा फ्याँकेको हो भन्ने प्रश्न पनि गरे ।
त्यस्तै, माओवादी केन्द्रकी सांसद दुर्गा राईले पनि यो विषयमा कुरा उठाउँदै सांसद घिमिरेलाई आफ्नै घरबाट यौन व्यवसाय घरबाट सुरु गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेकी छन्। उनले प्रश्न गरिन्, ‘सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहान्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ?’
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
