सोमबार, चैत्र ३ २०८१    
Galaxy Khabar
SKIP THIS

घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमा झर्‍यो

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र ३ २०८१
  • घट्यो सेयर बजार, कारोबार रकम ५ अर्बमा झर्‍यो

    काठमाडौँ । नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ।

    साताको पहिलो कारोबार दिन आइतबार २१.६४ अंकले घटेको परिसूचक आज १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.२१ प्रतिशतले घटेर ४५३.९५ विन्दुमा अडिएको छ।

    नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आइतबार पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

    नेप्से घटेसँगै आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ। आज ५ अर्ब ४० करोड ८३ लाख १४ लाख ७५ रुपैयाको सेयर कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको सेयर कारोबार भएको थियो।

    आज राप्ति हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सनको सेयर सर्वाधिक ९.८६ प्रतिशतले बढ्यो। यसैगरी सामुदायिक लघुवित्त वित्तीय संस्थाको ८.०३,ग्रिन डेभलपमेन्ट बैंकको ५.३३,मानुषी लघुवित्त वित्तीय संस्थाको ४.१३ र इस्टर्न हाइड्रोपावरको ३.२६ प्रतिशतले बढ्यो।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्स कम्पनीको ३० करोड, महालक्ष्मी विकास बैंकको २२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २० करोड,सीईडीबी होल्डिंसको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ८५ वटा स्टक्सको मूल्य बढदा १४५ वटाको घट्यो। बाँकी १३ स्टक्सको मूल्य भने स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ३.३८ प्रतिशतले घट्यो।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार