
काठमाडौँ । धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ ।
नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।
कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले दाबी गरेको छ ।
घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
