सोमबार, चैत्र ३ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबको जीत

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र ३ २०८१
  • प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबको जीत

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ ।

    पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रनमा अलआउट भयो । सुदूरपश्चिमका शेर मल्लले सबैभन्दा धेरै ३२ रन बनाए । पुलिसका ललित राजवंशीले ६ विकेट लिए ।

    यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ ओभरमा १ सय ६० रन बनाउँदै सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४० रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३ विकेट लिए ।

    प्रतियोगितामा पुलिसको यो लगातार पाँचौं जीत हो भने सुदूरपश्चिमको पाँच खेलमा चौथो हार हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार