
काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ।
पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो।
माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरू गरेको थियो।
रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने बताईएको छ । ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौं फर्किनेछन्।
अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपमहासचिवसम्म पार्टीका नेताहरू अनिवार्य सहभागी हुँदैछन्।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
