मंगलबार, चैत्र ४ २०८१    
Galaxy Khabar
SKIP THIS

सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र ४ २०८१
  • सुन तस्करीमा ५ वर्ष जेल बसेका व्यक्ति फेरि २५ करोडसहित पक्राउ

    काठमाडौँ । सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने किसान लामा रहेका छन् ।

    रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले मंगलबार दिउँसो गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

    विशेष सूचनाका आधारमा राजधानीको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रक फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उक्त रकमसहित उनलाई पक्राउ गरेको थियो ।

    प्रहरीले अर्का व्यक्ति कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार