मंगलबार, चैत्र ४ २०८१    
Galaxy Khabar
SKIP THIS

मोरङको धनपालथान गाउँपालिकामा लागेको आगलागीमा परेर १ जनाको मृत्यु

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र ४ २०८१
  • मोरङको धनपालथान गाउँपालिकामा लागेको आगलागीमा परेर १ जनाको मृत्यु

    काठमाडौँ । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा एक जना बालिकाको जलेको अवस्थामा शव फेला परेको छ ।

    धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो ।

    तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बताए ।

    अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ । आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छोरा हुन् ।

    घटनास्थल पुगेर फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन् । उनको अवस्था सामान्य छ ।

    प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार