बुधबार, चैत्र ५ २०८१    

कालीमाटीमा च्याउको मूल्य बढ्दा गोलभेँडा सस्तियो, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र ५ २०८१
  • कालीमाटीमा च्याउको मूल्य बढ्दा गोलभेँडा सस्तियो, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

    कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, च्याउसहितका केही तरकारीको मूल्य भने बढेको छ।

    त्यसैगरि गोलभेँडा केही घटेको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा १७, सानो नेपाली गोलभेँडा १८, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ५१, तराईको गाँजर २२, लोकल बन्दा १२, स्थानीय काउली १७, ज्यापु काउली २२, लाम्चो भन्टा ३८, डल्ले भन्टा ४२ रुपैयाँ प्रतिकिलो छ।

    यसैगरी, मटरकोसा प्रतिकिलो ५०, घिउ सिमी (लोकल) प्रतिकिलो ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (राजमा) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १२०, लौका प्रतिकिलो ४०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १५०, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २० तथा भिण्डी प्रतिकिलो ११० कायम गरिएको छ ।

    यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ४५, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ५०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग ३५, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो ६०, प्याज हरियो प्रतिकिलो ४०, बकुला प्रतिकिलो ३५, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो ४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १५०, कोइरालो प्रतिकेजी १५०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो ८०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ५५, इमली प्रतिकिलो १६०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो २६०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, सुन्तला (भारतीय) प्रतिकिलो १३०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो १५०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५, निबुवा प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १२०, खरबुजा प्रतिकिलो ४५, स्ट्रबेरी (भुइँऐसेलु) २००, किबी प्रतिकिलो ४००, अमला प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार