बुधबार, चैत्र ५ २०८१    

पाथीभरा केबुलकार विरोधीले गरे सिंहदरबार घेराउ

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र ५ २०८१
  • पाथीभरा केबुलकार विरोधीले गरे सिंहदरबार घेराउ

    काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर अर्थात् मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै सिंहदरबार गरिएको छ ।

    बुधबार मुक्कुमलुङ ताङ्सेस्प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेपछि सिंहदरबार घेराउ गरेका हुन् ।

    मुक्कुमलुङमा पाथीभरा निर्माण गर्न दिन नहुने उनीहरूको माग छ। सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता समिति पनि गठन गरेको छ । तर उक्त वार्ता पनि हुन सकेको छैन ।

    केही महिनायता पाथीभरा केवलकार सञ्चालनको विरोध गर्दै स्थानीयहरूले स्थानीय तहमा तथा काठमाडौँ केन्द्रित कार्यक्रम गरिरहेका छन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार