बिहिबार, चैत्र ६ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रतिनिधिसभा बैठक सुरू, सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र ६ २०८१
  • प्रतिनिधिसभा बैठक सुरू, सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

    यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार