
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाटन उच्च अदालत जाने भएका छन् ।
लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन गर्न आजै उच्च अदालत जाने भएका हुन् ।
सो मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले माघ ३ गते ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
