
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीबाट एसपीमा बढुवा भएका दुई जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे।
कार्की र बस्नेत यसअघिको बढुवामा छुटेका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
