शुक्रबार, चैत्र ७ २०८१    

दलित परिवारको घर भत्काइएको घटनामा सिरहाका सीडीओ गृह मन्त्रालय तानिए

  • GalaxyKhabar

    शुक्रबार, चैत्र ७ २०८१
  • दलित परिवारको घर भत्काइएको घटनामा सिरहाका सीडीओ गृह मन्त्रालय तानिए

    काठमाडौं । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।

    सिरहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि प्रजिअलाई मन्त्रालय तानिएको हो ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाएर पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका थिए ।

    महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन समेत दिइसकेका छन् ।

    दाहालको ठाउँमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार