आइतबार, चैत्र ९ २०८१    

प्रधानमन्त्री ओलीले बुझाए राष्ट्रपति पौडेललाई सरकारको वार्षिक प्रतिवेदन

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र ९ २०८१
  • प्रधानमन्त्री ओलीले बुझाए राष्ट्रपति पौडेललाई सरकारको वार्षिक प्रतिवेदन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

    राष्ट्रपति निवास शीतलनिवासमा आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।

    प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।

    संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार