सोमबार, चैत्र १० २०८१    
Galaxy Khabar
SKIP THIS

जनमत र नाउपाबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह ढकिया राख्ने निर्णय

  • GalaxyKhabar

    सोमबार, चैत्र १० २०८१
  • जनमत र नाउपाबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह ढकिया राख्ने निर्णय

    काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ ।

    पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया अगाडि बढाएको हो।

    पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतका विषयमा मोटामोटी सहमति भएको बताइएको छ। जनमत पार्टी स्रोतका अनुसार चुनाव चिन्ह ढकिया रहनेछ भने पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

    दुई दलको एकीकरणका लागि जनमत पार्टी तर्फबाट अब्दुल खान, डा.शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु रहेको कार्यदल बनेको छ ।

    तराई–मधेशका क्षेत्रीय पार्टीहरु टुुटफुटको श्रंखलाबाट गुज्रिँदै आएको अवस्थामा नवप्रवेशी दुई पार्टीको एकतालाई महत्वका साथ हेरिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार