सोमबार, चैत्र १० २०८१    
Galaxy Khabar
SKIP THIS

दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र १० २०८१
  • दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

    काठमाडौँ । दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू भएको छ ।

    राप्ती गाउँपालिका–२ पुण्यपुरमा प्लास्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू भएको हो ।

    पालिकाभित्रको प्लास्टिकजन्य फोहरबाट मोहर बनाउने अभियान अनुसार यो कार्य गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । फोहरमुक्त पालिका निर्माणका लागि पालिकाले इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरेको हो ।

    अध्यक्ष विष्टले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको पनि जानकारी दिए । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

    साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि शुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार