
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ ।
आज (मंगलबार) अनेरास्ववियूले काठमाडौंको दर्शनीमार्गमा कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै उर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला जलाएका हुन् ।
त्यसक्रममा विद्यार्थीहरुले सरकारको विरोधमा नाराबाजी समेत गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए । चार वर्षको उनको कार्यकाल साउन २४ गते सकिँदै थियो । तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो ।
घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
