
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको बताएका छन् ।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको बताए ।
‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन।’
विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए ।
नेपाल विकास भएको देख्न नचाहने त्यस्ता तत्वहरू हल्ला मात्रै गर्न चाहने प्रधानमन्त्रीको आरोप छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
