
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँ कायम भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १० रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
