बुधबार, चैत्र १२ २०८१    

प्राधिकरणमा गुटबन्दी गरेको आरोपसहित यस्ता छन् सरकारले कुलमानलाई पदमुक्त गर्नुका १० कारण

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १२ २०८१
  • प्राधिकरणमा गुटबन्दी गरेको आरोपसहित यस्ता छन् सरकारले कुलमानलाई पदमुक्त गर्नुका १० कारण

    काठमाडौं । कुलमान घिसिङले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएका छन् ।

    सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार घिसिङलाई हटाईएको औपचारिक जानकारी दिएसँगै पदमुक्त गरिएको पत्र उनले मंगलबार साँझ पाएका हुन् ।

    प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको जानकारी पनि मन्त्री गुरुङले दिए ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पठाएको पत्रमा घिसिङलाई प्राधिकरणमा गुटबन्दी गरेको, भारतसँगको सम्झौता अधिकार नभए पनि हस्ताक्षर गरेको, सरकारले गठन गरेको समितिलाई सहयोग नगरेकोलगायत १० वटा आरोप लगाएको छ ।

    विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू पनि रहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले घिसिङलाई किन बर्खास्त गरेको जानकारी दिँदै तीन पन्ने पत्र पठाएको छ । पत्रमा घिसिङले पेश गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको जिकिर गरिएको छ ।

    पदबाट हटाएको पत्र पाएपछि घिसिङ आज अदालत जाने तयारीमा छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका घिसिङको चार वर्षको कार्यकाल साउन २४ गते सकिँदै थियो । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    यस्तो पत्रको पूरा विवरण:

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार