बुधबार, चैत्र १२ २०८१    

इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेका ३ जनाको हेलिकप्टमार्फत उद्धार

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १२ २०८१
  • इटहरीको सेन्ट्रल प्लाजाको आगलागीमा फसेका ३ जनाको हेलिकप्टमार्फत उद्धार

    काठमाडौं । इटहरीको सेन्ट्रल प्लाजामा आगलागी हुँदा १० तले भवनमा फसेका ३ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

    प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको थियो भने ३ जना उक्त भवनमा फसिरहेका थिए ।

    त्यहाँ अड्किएका उनीहरुको उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर मगाइएको हो।

    अरू ८ जनाको भने डोरीको सहायताबाट उद्धार भएको प्रहरीले जनाएको छ।

    आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

    प्लाजाभित्रै कति जना फसेका छन् भन्ने यकिन हुन भने सकेको छैन । साथै आगलागीको कारण भने खुलेको छैन ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार