बुधबार, चैत्र १२ २०८१    

प्रचण्ड भन्छन् – कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १२ २०८१
  • प्रचण्ड भन्छन् – कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

    संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।

    ‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न नदिने हामीले भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ ।’

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार