बुधबार, चैत्र १२ २०८१    

३९ अङ्कले बढ्यो शेयर बजार

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १२ २०८१
  • ३९ अङ्कले बढ्यो शेयर बजार

    काठमाडौँ । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १८ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार