बिहिबार, चैत्र १३ २०८१    

प्रधानमन्त्री ओलीले माओवादी सशस्त्र द्वन्द्वलाई दिए राष्ट्रिय गल्तीको संज्ञा

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र १३ २०८१
  • प्रधानमन्त्री ओलीले माओवादी सशस्त्र द्वन्द्वलाई दिए राष्ट्रिय गल्तीको संज्ञा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’को संज्ञा दिएका छन्।

    जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनहरुद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै ओलीले देशले अनावश्यक हिंसा भोग्नुपरेको टिप्पणी गरेका हुन्।

    उनले विगतमा हजारौँ जनता पीडित हुनुपरेको बताए । हिजो गल्ती गरेकोमा जनताका अगाडि आत्मालोचक भएर पेस हुनुपर्ने उनको भनाइ छ ।

    ‘त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो । त्यसलाई सच्याउनुपर्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे।

    उनले विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै त्यसमा दुःख व्यक्त गरे ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार