बिहिबार, चैत्र १३ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, एक घण्टाका लागि राष्ट्रियसभा बैठक स्थगित

  • GalaxyKhabar

    बिहिबार, चैत्र १३ २०८१
  • प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, एक घण्टाका लागि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

    राष्ट्रिय सभा बैठकको कारबाही सुरु गर्न खोज्दा विपक्षीहरूले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका छन् ।

    विपक्षीहरू उठेर विरोध गरेपछि अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिएका थिए ।

    डा. भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार