बिहिबार, चैत्र १३ २०८१    

दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक २ बजेलाई सर्‍यो

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र १३ २०८१
  • दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक २ बजेलाई सर्‍यो

    काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ ।

    सरकारले कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरुले अवरोध जारी राखेपछि बैठक समयमा संचालन हुन नसकेको हो ।

    प्रतिपक्षले घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान छाडेको छैन ।

    समयमा बैठक संचालन हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना निकालेर आजै दिउँसो २ बजे बैठक बस्ने जानकारी गराएका हुन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार