बिहिबार, चैत्र १३ २०८१    

अवैध रूपमा नेपाल भित्रिएका मोबाइल सामग्री बरामद

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, चैत्र १३ २०८१
  • अवैध रूपमा नेपाल भित्रिएका मोबाइल सामग्री बरामद

    पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-१ स्थित रामपुरवा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले आठ लाख छ हजार रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको सुरक्षा टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्रिँदै गरेको २९७ थान इयरबड्स, दुई हजार थान मोबाइल टेम्पर ग्लास र दुई हजार थान इयरफोन बरामद गरेको हो ।

    विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीमा बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको छ ।

    सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय थप सक्रिय भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार