शुक्रबार, चैत्र १४ २०८१    
Galaxy Khabar
SKIP THIS

गणतन्त्रवादी र राजावादीले किन सारे प्रदर्शन समय ?

  • GalaxyKhabar

    शुक्रबार, चैत्र १४ २०८१
  • गणतन्त्रवादी र राजावादीले किन सारे प्रदर्शन समय ?

    काठमाडौं । गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । माध्यमिक शिक्षा परीक्षा ९एसईई० लाई लक्षित गरेर दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका हुन् ।

    यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ ।

    एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानका आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने दुवै पक्षको तयारी रहेको बताईएको छ ।

    राजावादीले तिनकुनेमा सभा राखेको छ भने गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्न लागेका हुन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार