
काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् ।
राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् ।
तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।
त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए ।
उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
