शुक्रबार, चैत्र १४ २०८१    

काभ्रेबाट काठमाडौँ उपत्यका छिर्नलाई पूर्ण रूपमा रोक

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र १४ २०८१
  • काभ्रेबाट काठमाडौँ उपत्यका छिर्नलाई पूर्ण रूपमा रोक

    काठमाडौँ । काभ्रेबाट उपत्यका छिर्नलाई प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।

    बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा होल्ड गरिएको उनले बताइन् । बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुन्डेबेसीमा र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको उनको भनाई छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार