
काठमाडौं । आइतबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
