
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट ‘हेर्न नभ्याइने सूचिमा’ राखिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका रिट ‘हेर्ने नमिल्ने’ पेसी सूचीमा जनाइएको छ ।
दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा पेसी तोकिएको थियो ।
यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो ।
कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् । शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै दायर गरेको रिट पनि विचाराधीन छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
