
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेको समयमा राप्रपाले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली झोक्किएका छन्।
सोमवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरेपछि राप्रपाका सांससदहरुले होहल्ला गर्दै विरोध गरेका छन् ।
उनले होहल्ला गरेर संसद अवरोध नगर्न राप्रपा सांसदहरूलाई चेतावनी दिँदै भने, ‘यो देशमा सबैले संविधान मान्नुपर्छ। व्यवस्था मान्नुपर्छ हल्ला गरेको भरमा संसद राजनीति र सबैलाई अवरोध गर्न मिल्दैन।’
ओलीले सम्बोधन गरिरहेका बेला पूर्वराजाको विषयमा बोल्न थालेपछि राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसदलाई रोक्न खोजेका थिए ।
आजको संसदमा प्रधानमन्त्रीले बोल्ने कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरेर बाहिरिसकेका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
